२०८१ बैशाख १२ गते बुधवार

प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

काठमाण्डौ ,मंसिर १९ । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ ।

दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी भएका हुन । उनले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराए ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन ।

यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एकरएक ठाउँमा जितेका छन् ।

स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *