२०८१ बैशाख १३ गते बिहिवार

दाङमा ६४ जना उमेदवारको जमानत जफत

दाङ, मंसिर १८ । दाङमा ६४ जना उमेदवारको जमानत जफत भएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी मध्ये ६४ जना उमेदवारको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ६४ जना उमेदवारको जमानत जफत भएको हो ।

जमानत जोगाउन नसक्नेमा ७ जना महिला र ५७ जना पुरुष उमेदवार रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा २० र क्षेत्र नम्बर ३ मा २७ जना उमेदवारको जमानत जफत भएको हो ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जना र प्रदेश सभा २ मा ३ जना उमेदवारको जमानत जफत भएको छ ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा ५ र प्रदेश सभा २ मा ३ जना उमेदवारको जमानत जफत भएको छ । यस्तै क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा ७ र प्रदेश सभा २ मा ७ जना उमेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर १ मा ९ जना उम्मेद्वारको जमानत जफत भएको छ । अन्य ४ जनाले भने जमानत जोगाउन सफल भएका छन् ।

कुल ७३ हजार ६ सय ८७ सदर मतको १० प्रतिशत ल्याउनुपर्ने हुन्छ तर १ नम्बर क्षेत्रका ९ जना उमेदवारले १० प्रतिशतभन्दा कम मत ल्याएका छन् ।

हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले १ दशमलब ४८ प्रतिशत अर्थात १ हजार ९३ मत प्राप्त गरेकी छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका लिलि बुढाथोकीले १ दशमलब ९५ अर्थात १ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् ।

मंगोल नेशनल अर्गनाईजेसनका शोभाराम बुढाले शुन्य दशमलब ७९ अर्थात ५ सय ८३ मत पाएका छन् ।

संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च थरुहटका रुक्मिणी चौधरीले शून्य दशमलब ३९ प्रतिशत अर्थात २ सय ९३ मत प्राप्त गरेका छन् नेपाली कांग्रेस बिपिका अशोक खड्काले शून्य दशमलब २७ अर्थात १ सय ९९ मत प्राप्त गरेका छन् ।

यसैगरी लोकतान्त्रीक समाजबादी पार्टी नेपालका प्रतिमा बुढा मगरले शून्य दशमलब १८ अर्थात १ सय ३४ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवार लिलाधर न्यौपानेले शून्य दशमलब ०२ अर्थात १५, घनश्याम डागीले शून्य दशमलब ०१ अर्थात ८ मत र टोपेन्द्र बस्नेतले शून्य अर्थात ५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा जमानत जोगाउनेमा नेकपा एमालेका शान्ता चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले मात्रै जमानत जोगाएका छन् ।

यस्तै दाङको प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा विभिन्न दल तथा स्वतन्त्रका गरेर १२ उम्मेदवारको जमानत जफत भएको छ ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने १२ जना उम्मेदवारको जमानत जफत भएको हो । दाङको प्रतिनिधी सभा २ मा कुल ७९ हजार ३ सय ३७ मत खसेको हो । जसमध्ये ७४ हजार ५ सय ३० मत सदर भएको हो ।

कुल सदर मतको १० प्रतिशत अर्थात ७ हजार ४ सय ५३ भन्दा कम मत प्राप्त गर्ने १२ जना उमेदवारको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगिले २ हजार २ सय ७३ अर्थात ३ दशमलब ०४, मंगोल नेशनल अर्गनाईजेसनका खड्कबहादुर बुढामगरले ९ सय ६७ अर्थात १ दशमलब २९ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा मालेका नेत्रप्रसाद पाण्डेयले ४ सय ८४ अर्थात शुन्य दशमलब ६५, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले ४ सय ८२ अर्थात शुन्य दशमलब ६५, हाम्रो नेपाली पार्टीका शसीराम चौधरीले २ सय ७१ अर्थात शुन्य दशमलब ३६, नेपाल आमा पार्टीका गिता रावतले १ सय ९७ अर्थात शुन्य दशमलब २६ प्रतिशत मत प्राप्त गरेका छन् । उनीहरुको जमानत जफत भएको हो ।

त्यस्तै जमानत जफत हुने स्वतन्त्र उम्मेदवार कृष्णबहादुर डाँगीले १ सय ५८ अर्थात शुन्य दशमलब २१, नेपाली काङ्ग्रेस विपीका गोविन्द प्रसाद शर्माले ९१ अर्थात शुन्य दशमलब १२, स्वतन्त्र उम्मेदवार यमलाल जिसीले ८८ अर्थात शुन्य दशमलब १२ मत प्राप्त गरेका छन् ।

मौलिक जरोकिलो पार्टीका रामचन्द्र खड्काले ५२ अर्थात शुन्य दशमलब ०७, नेपाल मजदुर किसान पार्टीका आशाराम वैद्यले २४ अर्थात शुन्य दशमलब ०३ र स्वतन्त्र उम्मेदवार भुपनाथ अर्जेलले १५ अर्थात शुन्य दशमलब ०२ प्रतिशत मत मात्र प्राप्त गरेका कारण उनीहरुको जमानत जफत भएको दाङका मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए ।

यस्तै दाङको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ १३ जनाको जमानत जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पाटीका ओज बहादुर खड्का, नेकपा मालेका शालिकराम चौधरी, नागरिक उन्मुक्ति पाटीका कुमार चौधरी, मंगोल नेश्नलका घनश्याम चौधरी, जनता समाजवादी पाटीका देविलाल डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णविर नेपालीको जमानत जफत भएको छ ।

यस्तै नेपाल मजदुर किसान पाटीका वीर बहादुर चौधरी, स्वतन्त्र उमेदवार हेमन्त बहादुर मल्ल, भुप बहादुर भण्डारी, तिलक खड्का, लिलाधर न्यौपाने, घनश्याम डांगी, टोपेन्द्र बस्नेतको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर तीनमा कुल सदर मत ८५ हजार ११२ को १० प्रतिशत भन्दा कम मत प्राप्त हुँदा जमानत जफत भएको हो । दाङ क्षेत्र नम्बर ३ मा तीन जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।

यस्तै प्रदेश सभातर्फ दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हाम्रो नेपाली पाटीका टंक बहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर चन्द, जनता समाजवादी पाटी नेपालका जगतराम यादव, राष्ट्रिय जनमोर्चाका महेसचन्द्र रिजाल, मंगोल नेशनल अर्गनाइजेसनका खुम बहादुर गाहा मगर र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका दामोदर चौधरीको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ३७ हजार ४३४ सदरमध्ये १० प्रतिशत अर्थात ३ हजार ४४४ मत ल्याउनुपर्नेमा त्यसभन्दा कम ल्याउने उमेदवारको जमानत जफत भएको छ ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा कुल सदर मत ३६ हजार ६९१ मतमा १० प्रतिशत अर्थात ३ हजार ६ सय ७० भन्दा कम मत ल्याउने ३ जना उमेदवारको जमानत जफत भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरख बहादुर केसी, मंगोल नेशनल अर्गनाइजेसनका टिक लाल चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका राज कुमार विश्वकर्माको जमानत जफत भएको हो ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा कुल सदर मत ३५ हजार ५०८ मध्ये १० प्रतिशत अर्थात ३ हजार ५५१ भन्दा कम मत ल्याउने ५ जना उमेदवारको जमानत जफत भएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनका श्याम वहादुर पुन, नेपाल आमा पार्टीका वेगम पाण्डे, नागरिक उन्मुक्ति पार्टीका राम प्रसाद थारु, मौलिक जरोकिलो पार्टीका निम बहादुर विक र स्वतन्त्र उमेदवार रेशम बहादुर चौधरीको जमानत जफत भएको छ ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कुल सदर मत ४० हजार ११३ मध्ये १० प्रतिशत अर्थात ४ हजार १२ मत ल्याउने तीन जना उमेदवारको जमानत जफत भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उमाकान्त भण्डारी, नागरिक उन्मुक्ति पार्टीका ओम प्रकाश चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका राज बहादुर घर्ति मगरको जमानत जफत भएको छ ।

यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कुल सदर मत ३८ हजार ५९६ मध्ये १० प्रतिशत अर्थात ३ हजार ८६० मत भन्दा कम ल्याउने ७ जना उमेदवारको जमानत जफत भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पाटीका हंसराज केसी, मंगोल नेशनल अर्गनाइजेसनका जान बहादुर पुन, राष्ट्रिय जनमुक्ति पार्टीका चहरमान थारु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बासुदेव रेग्मी, नेपाल लोकतान्त्रिक पार्टी सागर विक, स्वतन्त्र उमेदवार सुमन बस्याल र माइते चौधरीको जमानत जफत भएको छ ।

यस्तै प्रदेश सभा २ मा कुल सदर मत ४७ हजार ६७५ को १० प्रतिशत अर्थात ४ हजार ७६८ मत ल्याउने सात जना उमेदवारको जमानत जफत भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावत, मंगोल नेशनल अर्गनाइजेसनका शुशिल चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका राजन डांगी, स्वतन्त्र उमेदवार अमृता कुमारी वस्नेत, दुर्गा बहादुर वली, गणेश बहादुर वस्नेत र भुप बहादुर बिकको जमानत जफत भएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *