गुल्मी,मंसिर १६ । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारीले यस पटक जनताको पक्षमा काम गर्न आफू मन्त्री बन्ने सोचमा रहेको बताएका छन ।
कांग्रेस गुल्मीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले सो कुरा बताएका हुन ।
मन्त्री बन्नका लागि मात्र नभई काम गर्नका लागि यस पटक मन्त्री बन्ने सोचमा रहेको उनले तर्क गरे ।
आफू यस पटक गठबन्धनको सरकारबाट काम गर्नेगरी मन्त्री बन्ने र सकभर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेर अगाडि बढ्ने गरी वातावरण बनिरहेको दावी गरे ।
युवाहरुको जोश र जाँगरबाट समस्याहरु समाधान हुन सक्ने भन्दै युवा नेताहरुको नेतृत्व आवश्यक रहेको बताए ।
गठबन्धन भित्र पनि युवालाई सरकारको नेतृत्व दिनेगरी छलफल चलाउनुपर्ने उनको भनाइ छ ।
पार्टी र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनले बताए ।
यस्तै, जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामलाई पूरा गर्नेगरी काम गर्ने पनि उनको भनाइ छ ।
गुल्मीलाई बिकास निर्माणले नमूना जिल्ला बनाउने गरी आफूले योजना बनाएको उनको दावी छ । भण्डारीले जिल्लामा गठबन्धन अर्धरुपमा सफल भएको चर्चा गरे ।
गुल्मी क्षेत्र नं १ को प्रदेश सभा ९ख० का सांसद धनेन्द्र कार्कीले जिल्लाको बिकास र निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने बताए ।