२०८१ फाल्गुन ६ गते मङ्गलवार

राजधानी दाङमा सार्न उर्दी जारी

राप्ती गाउँपालिकाका कर्मचारीले दिए साथ

दाङ,मंसिर १६ । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलेले प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकाको राप्ति गाउँपालिकामा सार्न उर्दी जारी गरेसँगै राप्ती गाउँपालिकाका कर्मचारीहरूले साथ दिने भएका छन् ।

मुख्यमन्त्री केसीले यसअघि राजधानी सार्न हिजो विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा मन्त्रालयमा रहेका कर्मचारी गए स्वागत गर्ने नगए नियुक्ति गरेर प्रदेशका मन्त्रालयहरूलाई सुचारु गर्ने बताएका थिए ।

स्थायी मुकाममा सार्न मुख्यमन्त्री कदम चालेसँगै कर्मचारीले पूर्वाधार निर्माण भई नसकेको भन्दै नजाने बताएसँगै मुख्यमन्त्रीले पाँच दिने उर्दी जारी गरेका थिए ।

सो उर्दीसँगै राप्ति गाउँपालिकाका कर्मचारीहरूले साथ दिने भएका हुन् ।

चुनावी कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र २ का निर्वाचित विष्णुप्रसाद पौडेलले चकले लेखेको दाङ स्थायी राजधानीलाई डस्टरले मेटाएर बुटवल ल्याउने उद्घोष गरेका थिए ।

उता मुख्यमन्त्रीले दाङ लैजाने र पौडेलले बुटवल ल्याउँछु भनेसँगै राजधानीको विषय अन्यौलता भएको छ ।

तत्कालीन शङ्कर पोखरेल मुख्यमन्त्री हुँदा दाङको देउखुरी उपत्यकाको राप्ती गाउँपालिकामा प्रदेशका दुई तिहाइ बहुमतले तोकेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *