रुपन्देही,मङ्सिर १६ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा दाङ क्षेत्र न-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांँग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई सबैले स्वाभाविक रुपमा लिनुपर्ने बताएकी हुन् ।
उनले कांँग्रेसले पार्टीबाट प्रधानमन्त्रीको लागि आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिकाटिप्पणी आवश्यक नरहेको समेत जिकिर गरिन ।
नेता शर्माले माओबादी केन्द्र पनि गठबन्धनको दोस्रो ठुलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित का शिर्ष नेताहरुको छलफलले प्रधानमन्त्री टुङ्गिने बताइन् ।
उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गरिन् ।
त्यस अबसरमा पत्रकारहरूले सरकारमा नेता शर्माको भूमिकाको विषयको बिषयमा राखेको जिज्ञासाको जवाफ दिँदै शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्विकार्दै त्यसको जिम्मेवारी सफलताका साथ पुरा गर्न आफु सक्षम रहेको दाबी गरिन् ।
गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको वताईन। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई दाङबाट पराजित गर्नको लागि गठबन्धन दलका सबेै नेताहरुबाट सहयोग प्राप्त भएको समेत चर्चा गर्दै गठबन्धन सफल भएको दाबी गरिन् ।
यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताइन् ।
उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको उल्लेख गरिन।
मंसिर ४ मा सम्पन्न भएको चुनाबमा देखिएको स्वतन्त्र र केही नयाँ व्यक्तिहरुको प्रवेशलाई राजनीतिक दलहरुले युवाहरुलाई पनि सम्मान गर्नुपर्ने सुझाव दिइन।
साथै उनले युवाहरुको जबरजस्ती हस्तक्षेप भन्दापनि नयाँ भिजन र सोचलाई जनताले चुनेको जनाईन ।
