दाङ, कार्तिक २६ ।
मकवानपुरमा भएको गाडी दुर्घटनामा परि दश जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् ।
काठमाडौँबाट सर्लाही तर्फ जाँदे गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको इभी गाडी भीमफेदी–६ चिसापानी नजिकै बिहीबार बिहानै दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परि ५ पुरुष, ३ महिला र २ बालबालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । यो खबर तयार पार्दासम्म मृतकको सनाखत भइ सकेको छैन ।
दुर्घटनाका पाँच घाइतेको हेटौँडा अस्पतालमा उपचार भइ रहेको छ ।
गाडी सडकबाट करिब पाँच सय मिटर मुनी खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार
