२०८१ बैशाख १० गते सोमवार

दाङमा २६ हजार ५ सय ४२ मत बदर

तुलसीपुर,मंसिर १२ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दाङमा २६ हजार ५ सय ४२ मत बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार यस निर्वाचनमा प्रतिनिधि सभा तर्फ १४ हजार ७ सय ९ र प्रदेश सभा तर्फ ११ हजार ८ सय ३३ मत बदर भएका छन । कार्यालयका अनुसार प्रत्यक्षतर्फ २६ हजार ५ सय ४२ मत दाङमा बदर भएका छन् । जुन खसेको मतको पाँच दशमलव १५८ प्रतिशत हो ।

त्यस्तै समानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् ।


यसैबिच दाङ निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ७ सय ४६, क्षेत्र नं. २ मा ६ हजार ४ सय २५ र क्षेत्र नं.३ मा ७ हजार ६४ मत बदर भएको छ ।


त्यस्तै प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामा खसेको ७८ हजार २ सय ६७ मतबाट ४ हजार पाँच सय ८० मत बदर भएको छ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३३ हजार सात सय ४८ मतदातामा खसेको ७९ हजार तीन सय ३७ मतमा ४ हजार ७ सय ६ मत बदर भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार पाँच सय ३५ मत खस्दा ५ हजार चार सय ३२ मत बदर भएको छ ।


त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३४ हजार ७ सय ३३ मतदातामा ७८ हजार २ सय ६७ मत खसेको थियो । त्यसमा ४ हजार ५ सय ८० मत बदर भएको छ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदातामा ७९ हजार ३ सय ३७ मत खसेको थियो ।


जसमा ४ हजार ७ सय ६ मत बदर भएको थियो । त्यस्तै १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेको निर्वाचन क्षेत्र नं. ३ मा ९० हजार ५ सय ३५ मत खसेको थियो । जसमा ५ हजार ४ सय २३ मत बदर भएको छ ।


यसैबिच यस निर्वाचनमा प्रतिनिधिसभातर्फ दाङमा निर्वाचन क्षेत्र नं. ३ मा र प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ (१) मा सबैभन्दा बढी मत बदर भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *