२०८१ बैशाख १० गते सोमवार

नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यद्धारा प्रमाण–पत्र ग्रहण

तुलसीपुर,मंसिर ११ । दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

आइतवार एक कार्यक्रमका बिच निर्वाचन अधिकृतको कार्यालय दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरी,प्रदेश सभा सदस्यद्धय डिल्लीबहादुर चौधरी र धनबहादुर मास्कीलाई प्रमाणपत्र प्रदान गरेका हुन ।

त्यस अवसरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गिरीले मंसिर ४ गतेको निर्वाचनलाई शान्तिपुर्ण,भएरहित बातावरणमा सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै निर्वाचन अधिकृतको टिमलाई आभार प्रकट गरे ।

उनले जनताको अभिमतलाई दायित्वबोध हुनेगरि जिल्लाको सडक,सिचाँई,खानेपानी,स्वास्थ्य,शिक्षा सगै टरिगाउँ एयरपोर्टलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डिल्लीबहादुर चौधरीले निर्वाचनको समयमा भएका आरोप–प्रत्यारोपलाई बिर्सेर बिकासलाई एकैठाउँमा ल्याउन र अधुरा कामहरुलाई अगाडी बढाउन प्रतिपक्षसगं सहकार्य गरेर जाने तर्क गरे ।

त्यस्तै क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्य मा निर्वाचित धनबहादुर मास्कीले पश्चिम दाङका आम मतदाताहरुको विस्वासलाई टुट्न नदिने गरि जिम्मेवारी बहन गर्ने र समग्र जिल्लाको बिकासको लागि गम्भिरता पुर्वक लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा अपार,तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले दाङको समृद्धिको निम्ति कुशलता पुर्बक जिम्मेवारी बहन गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *