दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेपछि माओवादी नेता रेखा शर्माको उचाइँ ह्वात्तै बढेको छ ।
माओवादीको महिला संगठन अनेमसंघ क्रान्तिकारमा केन्द्रीय अध्यक्ष भएर पार्टी केन्द्रीय सदस्य बनेकी शर्मा दुईपटक समानुपातिक सांसद र एकपटक मन्त्री बन्दा पनि खासै चर्चा थिएन ।
उनी यसै बर्ष पार्टीको स्थायी समिति सदस्य बन्नुभयो भने अहिले एमाले महासचिवलाई हराएपछि देशभरिमै चर्चा चुलिएको छ । त्यति मात्र होइन, देशभरिमै गठबन्धनको तर्फबाट प्रत्यक्ष चुनाव जित्ने एक मात्र महिला नेता पनि शर्मा नै बनेकि छिन ।
यो समाचार तयार पार्दासम्म सत्ता गठबन्धनको तर्फबाट प्रत्यक्ष चुनाव जित्ने महिला एक मात्र रेखा शर्मा बनिन । शर्माले २६ हजार ८ सय ७७ मत एमाले महासचिव शंकर पोखरेललाई (२६ हजार ६ सय ८१ मत) पराजित गरिन ।
को हुन् रेखा शर्मा ?
२०२६ सालमा दाङमा जन्मिएकी रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरिन ।
२०५१ सालमा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य भएकी रेखा २०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बनेकी थिइन्
२०५३ सालदेखि ०५८ सम्म उनि अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहेकि थिइन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा रहेकि शर्मा गत वर्ष सम्पन्न माओवादी महाधिवेशनबाट स्थायी समिति सदस्य बनेकि थिइन् ।
शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उनि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।
उनले २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन ।
जनयुद्धको सयमा २०५८ साल चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा परेर शर्माले निकै पीडादायी यातनासमेत भोगिन ।
गठबन्धनबाटै एक मात्र प्रत्यक्ष निर्वाचित महिला सांसद शर्माले आगामी सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने संभावना छ ।
