दाङ, मंसिर ८ । दाङ १ (१) प्रदेशसभा सदस्यमा नेकपा माओबादी केन्द्रका इन्द्रजित थारु बिजयी भएका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरका थिए ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गंगाराम भट्टराइले ११ हजार ७ सय ३० मत प्राप्त गरेका थिए ।
उनीहरु बीचको मतान्तर १ हजार ७ सय ७५ रहेको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
