२०८२ बैशाख ११ गते बुधवार

दाङ ३ मा दीपक गिरीको छलाङ


दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी जितको नजिक पुग्दै छन ।

पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले ३२ हजार ६ सय ९८ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २५ हजार ९ सय ६१ मत प्राप्त गरेकी छन् ।

काँग्रेसका गिरी र एमालेकी वली भन्दा ६ हजार ७ सय २९ मतले अगाडि छन् । हालसम्म ८० हजार ४० मत गणना भएको छ । अब १० हजार बढी मत गणना हुन बाँकी छ ।

त्यस्तै अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले १३ हजार २ सय ८९ मत प्राप्त गरेका छन् ।

यहाँ कुल मतदाता १४६४७५ रहेकोमा ९०१५० मत खसेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *