तुलसीपुर, मंसिर ७ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ गठबन्धनका साझा उम्मेदवार दीपक गिरीले मतान्तर बढाइरहेका छन ।
३०५२९ मत गणना हुदाँ नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरीले १२ हजार ७ सय २५ मत प्राप्त गरेका छन ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार कोमल वलीले भने ९हजार ९ सय ८ मत प्राप्त गरेकी छन् । गिरी वली भन्दा २ हजार ८ सय १७ मतान्तरले अगाडि छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले हालसम्म ४ हजार ८सय ४१ प्राप्त गरेका छन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार