दाङ,मंसिर ७ । प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका छन् ।
काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
खनालका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे । काँग्रेसका खनालले एमाले उम्मेदवार रानालाई १ हजार १ सय ६७ मतान्तरले पराजित गरेका हुन ।
यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । १ हजार ४ सय ८५ मत बदर भएको थियो । यो जित संगै ६ प्रदेशसभा सदस्य रहेको जिल्लामा काँग्रेसले पहिलो खाता खोलेको छ ।
खनाल यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा पनि बिजयी भएका थिए । उनी २०७४ सालमा बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरासंग पराजित भएका थिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार