रुपन्देही ,मंसिर ७ । रुपन्देही–४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन । एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेश सभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन।
चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गरेका छन भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाएका हुन ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि छन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
