२०८१ बैशाख १३ गते बिहिवार

नारी

डिला अधिकारी

कोखबाट फालिन्छ आजै नारी
बेचिन्छ बजारमा आजै नारी
काटिन्छ नारी कुरा चोक–चोकमा
नारी कै मुल्य बजारमा थोक–थोकमा

चार पर्खालको थुनामा पारी
राख्दछन् र भन्छन् हाम्री बुहारी
मन्दिरमा गए शक्ति देवी रे !
घरभित्रै कुटिन्छे, लुटिन्छे वा नारी रे !!

सन्दर्भः अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस (नारी दिवस)


कहिले झुमा त कहिले देउती बनाएर
कहिले मोडेल त डमी बनाएर
प्रयोग गरिन्छन् नारी यहाँ
उपयोग गरिन्छन् नारी यहाँ

अगाडि बढे उत्तौली भन्छन्
चुपचाप बसे, हिंसा बढ्छ यहाँ
कतिन्जेल सहनुपर्ने नारीले यहाँ
नारी–पुरुष बराबर हुन्छन् कहाँ ?

कसैकी छोरी, दिदी अनि बहिनी
कसैकी हुन यिनी चेली त बुहारी
किन बिसिन्छौं हे नर तिमी
तिमीलाई जन्माउने आमा हुन नारी

कक्षाः ११ (व्यवस्थापन समूह)
डिभाईन टेम्पल एकेडेमी
तुलसीपुर–६ गोलौरा, दाङ

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Santosh Oli says:

    Nice poem ! Respect women. Happy international women’s to everyone..!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *