डडेल्धुरा,मंसिर ७ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् ।
प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् ।
सागरको भन्दा देउवाले १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन् । देउवाले यो सँगै डडेल्धुरामा सातौँ पटक जितका छन् ।
डडेल्धुरामा ५१ हजार २०३ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
