२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङ २ मा शंकर पोखरेल भन्दा रेखा शर्मा १६१६ मतले अगाडि


दाङ, मंसिर ७ । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ हालसम्म ३५३६० मत गणना भएको छ ।
प्राप्त पछिल्लो मत परिनाम अनुसार नेकपा माओबादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १३२०४ मतका साथ अग्रता कायमै राखेकी छन् ।

उनका निकतम प्रतिपष्र्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११५८८ मत प्राप्त गरेका छन् ।

यी दुई बीचको मतान्तर १६१६ रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वशाल अधिकारीले ६३५० मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १३३७४८ रहेकोमा ७९४४६ मत खसेको छ ।
प्रदेशसभा तर्फ २ (क) मा २६५५३ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार राजु खनालले अग्रता कायमै राखेका छन् ।

खनालले ११८८३ मत प्राप्त गर्दा नेकपा एमालेका बलीभद्र रानाले १००० मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १८८३ रहेको छ ।

त्यस्तै २ (ख) मा पनि नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौंपानेले अग्रता कायमै राखेका छन् । १३५८३ मत गणना हुँदा युवा नेता न्यौंपानेले ५८२७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले ५३६७ मत प्राप्त गरेका छन् ।

यी दुई बीचको मतान्तर ४६० रहेको छ ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले हालसम्म १०६३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *