तुलसीपुर,मंसिर ६ । दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन ।
१३८४८ मत गणना हुँदा कांग्रेसका गिरीले ५६९३ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकी कोमल वलीले ४५०७ मत पाएकी छिन् ।
गिरी वलि भन्दा ११८६ मतान्तरले अगाडी छन
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १६१० मत प्राप्त गरेका छन् ।
दाङ -३ मा ९० हजार १ सय ५० मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
