तुलसीपुर, मंसिर ६ । दाङ–३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी १०६१ मतले अगाडि पुगेका छन् ।
काँग्रेस तथा लुम्बिनी प्रदेशका ग्रामिण पर्यटन मन्त्री चौधरीले मंगलबार दिउँसो ३ बजे पछि प्राप्त मत परिनाम अनुसार ५२६० मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।
११२५० मत गणना हुँदा मन्त्री चौधरीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले ४१९१ मत प्राप्त गरेका छन ।
यहाँ कुल ९०१५० मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार