तुलसीपुर, मंसिर ६ । दाङ प्रदेशसभा ३ (ख) मा गठबन्धनका उम्मेदवार धनबहादुर मास्कीले अग्रता बढाउँदै लगेका छन् ।
नेकपा माओबादी केन्द्रका नेता मास्की मंगलबार बिहान प्राप्त पछिल्लो मत परिनाम अनुसार झन्डै ६०० मतान्तरले अगाडि छन् ।
४१८९ मत गन्दा हसिया हथौडाका उम्मेदवार मास्कीले ३७३७ र नेकपा एमालेका उम्मेदवार बस्नेतले ३१३८ मत प्राप्त गरेका छन् । बस्नेत एमाले दाङका अध्यक्ष हुन ।
उनीहरुका बीचको मतान्तरण ५९९ रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
