२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङ–१ मा मेटमणीले शान्तासंग मतान्तर बढाउँदै


दाङ,मंसिर ६। दाङ क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरिरहेका छन ।

नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सहरी विकास मन्त्री मेटमणी चौधरी ६ सय २५ मतका साथ अघि रहेका छन ।

उनलाई नेकपा एमालेकी शान्ता चौधरीले पच्छाइरहेकी छिन । मेटमणीले चार हजार २ सय १५ मत गणना हुदा १ हजार ७ सय ७८ मत प्राप्त गरेका छन ।

एमालेकी शान्ताले १ हजार १ सय ५१ , राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९ सय ३७, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४ सय ५३ मत प्राप्त गरेका छन ।

क्षेत्र नम्बर १ मा ८० हजार ७ सय मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *