तुलसीपुर, मंसिर ६ । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ गठबन्धनकी उम्मेदवार तथा नेकपा माओबादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले अग्रता कायमै राखेकी छन् ।
रेखाले ५३९३ मत प्राप्त गर्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलले ४३६२ मत प्राप्त गरेका छन् ।
उनीहरु बीचको मतान्तर १०३१ रहेको छ । यहाँ घन्टीले २२०६ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार