तुलसीपुर, मंसिर ५ । दाङ प्रदेशसभा ३९१० मा नेपाली काँग्रेसका नेता तथा प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीको अग्रता कायमै छ । १५०३ मत गन्दा मन्त्री चौधरी ७५८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले ५८७ प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर ः १७१ रहेको छ । पाण्डे तुलसीपुरका पूर्व मेयर हुन ।
यहाँ हलोका उम्मेदवारले ७७, भाले चुनाब चिन्ह भएका उम्मेदवारले २०, झ्याली चुनाब चिन्हले ४, दुबै हात जोडेको नमस्कार चुनाब चिन्हले ३, घर चुनाब चिन्हले ३ र साइकल र चुनाब चिन्ह जाली रहेका उम्मेदवारले समान २÷२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
