२०८१ जेष्ठ १३ गते आइतवार

दाङमा कुन नेताले कहाँबाट मतदान गरे ?

दाङ, मंसिर ४ । दाङमा मतदान जारी छ । बिहान सात बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले दंगीशरण गाउँपालिका वडा नं. ४ बैबाङस्थित राष्ट्रिय आधारभुत विद्यालयबाट मतदान गरेका छन् । उनले पहिलो मतदान गरेका हुन ।


त्यस्तै नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार कोमल वलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कृष्ण मन्दिरस्थित मतदान केन्द्रमा मतदान गरेकी छन् ।


मावि तुल्सीपुर सेन्टर मतदान केन्द्रबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले मतदान गरेका छन् ।


त्यस्तै एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार घनश्यम पाण्डेले मावि अश्वारा मतदान केन्द्रबाट मतदान गरेका छन् ।


दाङ निर्वाचन क्षेत्र नं.२ की गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार तथा माओबादी नेतृ रेखा शर्माले घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित रझेना मतदान केन्द्रमा मतदान गरेकी छन् ।


त्यस्तै नेकपा एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीस्थित जनताबिद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।


गठबन्धनबाट दाङ क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री मेटमणि चौधरीले गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा रहेको बुथ नम्बर (ग) मा मतदान गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *