२०८१ असोज २५ गते शुक्रवार

हवाई गस्तीदेखि सेटलाइट सेक्युरीटिः प्रजिअ रेग्मी

भोलि अर्थात मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुंदै छ । त्यसका लागि मौन अवधि त सुरु भएको छ, तर सुरक्षा चुनौतिहरु पनि हुन सक्छन् । एजेण्टहरुका कुरा नसन्ने देखि समयमा मतपेछिका मतगणना स्थलमा नआउने पनि अवस्था हुन सक्छ ।

निर्वाचनको व्यवस्थापन, सुरक्षाकर्मिहरुको परीचालन लगायत आधुनिक सुरक्षा प्रणालिका विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग गोरक्षकर्मि खेमराज रिजालले गरेका कुराकानीको सारसंक्षेप

प्रश्नः कस्तो छ,सुरक्षा व्यवस्थापन आसन्न निर्वाचनमा ?

उत्तरः हेलिकोप्टरबाट निरिक्षण सहित स्याटलाइट सुरक्षा सम्मको प्रवन्ध भएको छ । आम मतदाताहरुलाइ ढुक्कसंग मतदानस्थलमा आउन हामीले व्यवस्थापन मिलाइसकेका छौं । मतदान स्थलमा आवान्छित सुरक्षा गतिधिमा उलंघन गर्नेहरुलाइ हामीले मोवाइल फोर्स पनि तयार गरीसकेका छौं ।

त्यसमा पोशासक सहितका पनि हुन सक्छन् पोशाक नलगाएका पनि सुरक्षाकर्मि हुन सक्छन् । निर्वाचनलाइ भव्य, सभ्य र सुरक्षित बनाउनकालागी जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय लगायत सवै निकायहरु हामी परीचालित भैसकेका छौं ।

प्रश्नः दाङ जिल्लामा सुरक्षा थ्रेटको कुनै स्थानमा छ कि ?

उत्तरः कहिकतै साना तिना दलका नाममा भएका पनि छन्, तर उनीहरु यो निर्वाचनमा हतियार सहित वा विध्वम्सात्मक गतिविधि सहित आउने अवस्था मैले र मेरो सुरक्षा टिमले देखेको छैन ।

तर पनि हामी यस्ता गतिविधिहरु कहिकतै हुन सक्छन् भनेर गम्भीर छौं । मलाइ लाग्छ, दाङ जिल्लामा हुने संघ र प्रदेशको निर्वाचन भव्य र सभ्य एवं सुरक्षित हुने छ भन्ने आम मतदाताहरुलाइ विश्वस्त दिलाउन चाहन्छु ।

प्रश्नः सुरक्षा सम्यन्त्रको कुरा गर्नुभो ? कति सुरक्षाकर्मि कति म्यादी कति सशस्त्रको सुरक्षा प्रवन्ध मिलाउनु भएको छ ?

उत्तरः तपाइको प्रश्न भन्दा मेरो उत्तर छोटो हुन सक्छ, त्यसैको व्यवस्थापनमा म पश्चिम दाङको गंगटेदेखि पुर्वि दाङको कोइलाबास सम्म पनि हामीले निरन्तर सुरक्षा व्यवस्थापन गरीरहेका छौं । निर्वाचनको सुरक्षाकालागी मैले सटकटमा भन्नुपर्दा कम्तिमा ६ हजार सुरक्षाकर्मिले निर्वाचनको सुरक्षा दिइरहेका छौं, त्यसमा म्यादि, नेपाल प्रहरी, शशस्त्र प्रहरी तथा आवस्यक परेमा सेना पनि परीचालिन हुने छन् ।

सेना कुन हिसावले परीचालिन हुने भन्ने सन्दर्भमा आवस्यकता अनुसार हो । सिडिओको भुमिका पनि तपाइहरुले देखिरहनुभएकै छ । जिल्ला प्रहरी प्रमुखको परीचालन पनि तपाइहरुले देखिरहनु भएकै छ । हामीहरु सवैको सामुहिक र सामाजिक दायित्व भनेकै निर्वाचनलाइ भव्य र सभ्य बनाउने हो । मतदाताहरुलाइ सुरक्षाको अनुभुति गराउने हो । त्यसमा कहिकतै कमजोरी भएको भए हामीहरुलाइ सुझाव दिनु होला । मतदाता सुरक्षाका विषयमा हामीहरु अत्यन्तै गम्भीर छौं ।

प्रश्नः मतदान त तपाइहरुले सुरक्षित रुपमा सम्पन्न गर्ने बताउनु भो ? कति समयमा मतदान स्थलबाट मतगणना स्थल सम्म मतदेटिका आइपुग्छन्?

उत्तरः हो हामीले सवै मतदान स्थल वा केन्द्रमा सुरक्षाकर्मि परीचालन गरीसकेका छौं । कुनै स्थलमा सठक एक दुइ मिटरको दुरीमा नपुगेको हुन सक्छ । तर यो पटकको निर्वाचनको व्यवस्थापन अलि सहज पनि भएको छ ।

गंगटेको मतपेटिका देखि कोइलाबास सम्मको मतपेटिका हामीले मतदान सकिएको दुइघण्छटा भित्रै संबन्धित निर्वाचनक्षेत्रको मतगणना स्थल सम्म ल्याउने तपाइको पत्रिका मार्फत विश्वस्त दिलाउन चाहन्छ् । मतगणनाको परीणाम कहिले भन्ने विषयमा त मैले बोल्न मिल्दैछ, तर मलाइ लाग्छ, कम्तिमा ५दिन पनि मतगणनाको परीणाम आइसक्ने गरी मैले सुरक्षा प्रवन्ध मिलाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *