२०८१ मङ्सिर १९ गते बुधवार

जनप्रतिनिधिहरु पार्टि भन्दा बाहिर रहन सक्दैनन : सभापति डांगी

अहिले नेपाली कांग्रेसको सय दिने विशेष अभियान देशभर सन्चालन भैरहेको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार अभियान गत असोज देखिनै सुरु भएको थियो ।

यद्यपि मुलुकमा वाढि पहिरोको विपतका कारण अभियान केहि दिन स्थगित भयो । स्थगित भएको कार्यक्रम अहिले पुन सुरु भएको छ । दाङ जिल्लामा पनि गत कार्तिक १० गतेदेखि यो अभियान निरन्तर चलिरहेको छ ।

यो अभियानकालागी कांग्रेस केन्द्रिय समितिले केन्द्रिय सदस्य प्रकाश स्नेही रसाइलिलाइ खटाएको छ । कांग्रेसको सय दिने विशेष अभियानको सेरोफेरोमा रहेर नेपाली कांग्रेसका सभापति शंकर प्रसाद डांगिसंग गोरक्षकर्मि खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

  • नेपाली कांग्रेसले सुरु गरेको सय दिने अभियानका विषयमा संक्षिप्त जानकारी गराइदिनुस् न? सय दिने विशेष अभियान नेपाली कांग्रेस केन्द्रिय समितिले तय गरेको कार्यक्रम हो । यसकालागी कांग्रेसले एक जना केन्द्रिय सदस्यलाइ हरेक जिल्लामा खटाएको छ । सतहत्तरै जिल्लामा यो अभियान सुरु भएसंगै दाङ जिल्लामा पनि केन्द्रिय प्रतिनिधिका रुपमा केन्द्रिय सदस्य प्रकाश स्नेही रसाइली खटिनु भएको छ ।

उहांको उपस्थीतिमा दाङ जिल्लाका सयवटै वडाहरुमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसमा जिल्लाबाट पनि प्रतिनिधि खटाइएको छ । खासगरी पार्टिको आन्तरीक सांगठनिक जिवनलाइ चुस्त दुरुस्त र मज्वुत बनाउनकालागी यो अभियान हो ।

पार्टिपंक्तिमा रहेका आम कांग्रेस कार्यकर्ताहरुमा क्रियाशिलता बढाउन तथा राष्ट्रिय राजनितिका वारेमा आम कांग्रेसजनहरुलाइ जानकारी गराउनु पनि विशेष अभियानको धेय रहेको छ । खासगरी कांग्रेस सरकारमा रहदा के कस्ता राम्रा कामहरु भएभन्ने विषयमा जनतालाइ जानकारी गराउन तथा जनताका आकांक्षाहरु केकस्ता छन्, जनताका पिरमर्काहरु के के छन् र यी आकांक्षालाइ कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा पनि यो अभियान केन्द्रित रहेको छ ।

यसैले केन्द्रिय प्रतिनिधिको उपस्थीतिमा हुने विशेष अभियानमा नेपाली कांग्रेस दाङले पनि महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरु, क्षेत्रीय नेतृत्वहरु, पार्टिका विभिन्न भ्रात्रिसंस्थाहरु तथा सुभेच्छुक संस्थाका प्रतिनिधि तथा पदाधिकारीहरुलाइ पनि प्रत्यक्ष एवं परोक्ष रुपमा सहभागि बनाएको छ ।

  • जिल्लाका कुन कुन स्थानमा सय दिने विशेष अभियान सम्पन्न भयो? यो अभियान अहिले चलिरहेको छ । हामीले अभियानलाइ जिल्लाका दशवटै पालिकाका सय वटै वडासम्म लैजाने छौं । कहि भेटघाट, कहि समिक्षा, कहि बैठक, कहि आम कांगै्रेसजनहरुसंगको अन्तरक्रिया लगायतका माध्यमबाट हामी पार्टिको सवैभन्दा तल्लो इकाइमा रहेका आम कांग्रेस कार्यकर्ताहरु माझ पुग्ने छौं ।

यो विशेष अभियान सय दिन सम्मै सन्चालन हुने छ । वडा तहसम्म मात्र नभएर हामीले यो अभियानलाइ विभिन्न भ्रात्रिसंस्था तथा सुभेच्छुक संघसंस्थाहरु माझ पनि लैजाने छौ । यसकालागी पार्टि जिल्ला समितिले एउटा क्यालेन्डर समेत बनाएको छ । सय दिने अभियान यहि क्यालेन्डर मार्फत सन्चालन भैरहेको छ ।

  • तपाइहरुले सय दिने विशेष अभियान चलाइरहंदा नेपाली कांग्रेस पार्टि र पार्टिको टिकट लिएर विजयी भएका जनप्रतिनिधिहरुबीच ‘ज्वाइन्ट एक्शन’ भएको देखिदैन भन्ने गुनासो छ नी? नेपाली कांग्रेसबाट टिकट पाएर चुनाव चितेका जनप्रतिनिधि पार्टि वाहिर कहिल्यै रहन सक्दैनन् र जानपनि सक्दैनन् । कहिकतै जनप्रतिनिधिहरुको कार्यव्यस्तता होला, अभियानमा सहभागि हुन नसके होलान्, तर पार्टिलाइ वाइपास गरेर जनप्रतिनिधि चलेका छैनन् र चल्ने पनि छैनन् भन्ने पार्टिलाइ पुर्ण विश्वास छ । हो, हामीले अभियान सन्चालन गर्दैगर्दा कहिकतै जनप्रतिनिधिको प्रत्यक्ष सहभागिता नभएको हुन सक्दछ, तर यसको अर्थ पार्टिसंगठनलाइ वास्ता नगरेको भन्ने होइन । यस अभियानमा हामीले जनप्रतिनिधिलाइ पनि जोडिरहेका छौं । पार्टि र जनप्रतिनिधिहरुबीचको सुसम्वन्ध स्थापित गर्ने सन्दर्भमा पनि यो विशेष अभियानले कहिन कतै सम्वोधन गर्ने छ ।

तपाइले भनेजस्तो अभियानमा ज्यान्ट एक्शन नभएको होइन, हामीले जनप्रतिनिधिहरुलाइ पनि साथै लिएर अभियानमा गैरहेका छौं । पार्टि र जनप्रतिनिधिबीच नङ र मासुको सम्वन्ध स्थापित गर्न पनि हामी लागीरहेका छौं ।

  • पछिल्लो समयमा आम नागरीकहरुमा ठुला राजनितिक दलहरुप्रतिको जनविश्वास घट्दै गएको पाउनुभएन?

ठ्याक्कै त्यस्तो अवस्था होइन, ठुला राजनितिक दलहरुको विकल्प छैन र यो व्यवस्थाको विकल्प पनि छैन । नेपालको संघात्मक संविधान विश्वकै उत्कृष्ठ मध्येको संविधान हो, र यो राज्य व्यवस्था उच्चतम लोकतान्त्रिक व्यवस्था हो । तर व्यवस्थापनका सवालमा कहिकतै कमजोरीहरु भएका छन् । व्यवस्थापकहरुलाइ सच्याउनु आवस्यक छ ।

यो विषयमा पार्टि केन्द्रिय समितिमा पनि वहश र छलफल निरन्तर चलिरहन्छ । अभियानकै सन्दर्भमा कुरा गर्ने हो भनेपनि कांग्रेस प्रतिको जनविश्वासमा कमि आएको छैन, कहिकतै कार्यकर्ता व्यवस्थापनमा कमि कमजोरी होलान, कतिलाइ कांग्रेसले सरकारमा रहदा र सरकारमा नरहंदा पनि गरेका राम्रा कामहरुको जानकारी गराउन सकिएको छैन ।

त्यसैले त यो सय दिने विशेष अभियान चलाइएको हो । मलाइ लाग्छ, अहिले पनि ठुला राजनितिक दलको विकल्प देखिएको छैन । अहिलेको आवस्यकता व्यवस्था बदल्ने भन्दा पनि व्यवस्थापन चुस्त बनाउने हो । यसकालागी हामी कांग्रेस नेतृत्व गम्भीर भएर लागेका छौं ।

  • सय दिने विशेष अभियान मिशन ०८४ संग पनि जोडिएको हो? होइन, हामीले मिशन ०८४ लाइ छुट्टै रुपमा सन्चालन गर्ने छौं । यो त पार्टिको आन्तरीक सांगठनिक जिवनलाइ चुस्त दुरुस्त बनाउनकै लागी हो । कांग्रेसले गरेका राम्रा कामहरुलाइ जनतामाझ बुझाउनका लागी हो ।

अनि राष्ट्रिय राजनितिका विषयमा आम कांग्रेसजनहरुलाइ परीचालित गरी पार्टिमा पुर्नजागरण ल्याउनकालागी हो । जनप्रतिनिधिहरुलाइ जनताप्रति उत्तरदायित्व बनाउन पनि हो । यो आगामि आम निर्वाचनसंग जोडिएको विशेष अभियान होइन ।

  • नेपाली कांग्रेसले सय दिने विशेष अभियान चलाइरहंदा आम कांग्रेसजन एवं आम नागरीकहरु जनप्रतिनिधिहरुप्रति निराश देखिएका छन् नी? चुनावी प्रतिवद्धताहरु पुरा नभएको गुनासो पनि छ?

उत्तरः हो, जनताका आकांक्षाहरु धेरै छन् । चाहेअनुसारको आर्थिक समृद्धि मुलुकले हासिल गर्न सकेको छैन । हाम्रो जिल्लामा पश्चिम ववइको गंगटेदेखि देउखुरी उपत्यकाको राजपुरका नाका क्षेत्र अत्यन्तै दुर्गम छन् । ती बस्तीहरुमा मस्कीलले सडक पुगेपनि अन्य आकांक्षाहरुको सम्वोधन हुन सकेको छैन ।

शिक्षाको समुचित व्यवस्थापन हुन सकेको छैन । सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध छैन । विद्युतको समस्या छ । स्तरीय सडकको पहुच छैन । यस्तो अवस्थामा जनताहरु जनप्रतिनिधिहरुसंग निराश हुनु स्वाभाविकै पनि हो । विकाशका हरेक आकांक्षा पुरा गर्न राज्यसंग प्रयाप्त श्रोत साधन पनि छैन ।

यसैले हामीले चाहेको विकाश भनेको समानुपातिक, समावेशि र सन्तुलित विकाश हो । दुर्गमका जनतालाइ पनि विकाशको मुल प्रवाहमा जोड्नु पर्छ भन्नेमा नेपाली कांग्रेसले स्थापनाकालदेखिनै प्रयत्न गर्दै आएको छ । यहि कुरा सवैलाइ बुझाउनकालागी पनि नेपाली कांग्रेसले अहिले सय दिने विशेष अभियान सन्चालन गरेको हो ।

  • तपाइहरुले सय दिने विशेष अभियान चलाइरहंदा झुपडिमा बसेर कांग्रेस जोगाएका आम कांग्रेसजनहरुमा कस्तो प्रभाव परेको पाउनु भो?

उत्तरः हो, तीनै झुपडिमा बस्ने जनताहरुले नेपाली कांग्रेसलाइ मुलुककै ठुलो पार्टि बनाएका हुन् । त्यसैले यी झुपडिमा बसेरैपनि पार्टि निर्माणमा शंघर्ष गर्ने आम कार्यकर्ताहरुका आकांक्षा पुरा गर्नु नेपाली कांग्रेसको दायित्व हो । अहिले हामीले विशेष अभियानमा उहांहरुलाइ पनि संगै जोडेका छौं ।

उहांहरुमा उर्जा थपिएको हामीले अनुभुति पनि गरेका छौं, यद्धपि उहांहरुका सवै आकांक्षालाइ हामीले पुरा गर्न सकेका छैनौं । तर पनि पार्टि सरकारमा रहदा र सरकार वाहिर रहंदा पनि दुर्गम क्षेत्रको विकाशकालागी कांग्रेसले गरेका राम्रा कामहरुको विषयमा उहांहरुलाइ जानकारी गराउन पाएका छौं । यसमा उहांहरुमा थप उर्जा र उत्साह थपिएको पनि हामीले पाएका छौं ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *