२०८१ असार ३० गते शनिवार

दाङका उम्मेदवारहरु घरदैलो र भेटघाटमा व्यस्त

तुलसीपुर,कात्तिक २८ । आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा दाङका उम्मेदवारहरु घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त छन ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र सुझाव लिदै मत माग्न घर–घरमा पुगेका छन ।

जिल्लाका विभिन्न दलका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताहरु मतदाताको घर–घरमा पुगिरहेका छन भने स्वतन्त्र उम्मेदवारहरुपनि आफ्ना शुभचिन्तकसगैँ मतदाताको घरमै पुगेर मत मागिरहेका छन ।

गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले आफु निरन्तर पाटीका इकार्ई कमिटिले आयोजना गरेका चुनावी सभा र घरदैलो भेटघाट कार्यक्रममा व्यस्त रहेको बताउँछन । पुर्व सिचाँई मन्त्री समेत रहेका गिरीले घरदैलो कार्यक्रममा आममतदाताले सत्तागठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताउँछन ।

त्यस्तै सोही क्षेत्रमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार कोमल वलि पनि मतदातालाई भेट्न घरदैलो कार्यक्रमहरु प्रभावकारी बनिरहेको बताउँछिन ।


त्यस्तै गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रेखा शर्मा र नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेल पनि मतदातालाई भेट्न आफुहरु सक्रिय रुपमा लागेको बताउँछन ।

त्यस्तै क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मेटमणी चौधरी र सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शान्ता चौधरी पनि अहिले आफूहरुले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा एजेण्डा सुनाउदै मत मागिरहेको बताउँछन ।

जिल्लामा प्रतिनिधिसभाका उम्मेदवारहरु मात्र होइन, प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु पनि मतदातालाई भेट्न घरदैलो कार्यक्रममा व्यस्त छन ।

निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *