२०८२ मङ्सिर १९ गते शुक्रवार

गठबन्धनले घोराहीमा उमेद्वारसहित घरदैलो गर्ने

घोराही, कात्तिक २८ । लोकतान्त्रिक गठबन्धनले घोराहीमा घरदैलो कार्यक्रम गर्ने भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा भोली मंगलवार संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्ने गरिने भएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (१) को आयोजनामा घोराहीमा घरदैलो कार्यक्रम हुने संयुक्त निर्वाचन परिचालन समितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।

विहान ११ बजेदेखी घोराहीको ट्राफिक चोकबाट घरदैलो कार्यक्रम सुरु हुने उनले जानकारी दिए ।

उमेद्वारसहित हुने घरदैलो कार्यक्रममा उपस्थितिका लागी उनले सम्पूर्ण गठबन्धन दलका नेता कार्यकर्ता एवं मतदाताहरुमा अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *