२०८२ असार ९ गते मङ्गलवार

दाङ २ मा गठबन्धनको पक्षमा जनलहर आइसक्यो ः शर्मा

घोराही, कात्तिक २५ । पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रिय स्थानीय समिति सदस्य रेखा शर्माले दाङ निवार्चन क्षेत्र नं मा गठबन्धनको पक्षमा जनलहर आएको बताएकी छिन ।

घोराही उपमहानगरपालिका वडा नं. ६ अगरामा आयोजित कार्यक्रममा बोल्दै शर्माले यहाँका सबै सचेत मतदाता प्रतिगमनका बिरुद्ध उभिसकिएको बताइन ।

मैले यो निर्वाचन क्षेत्रका २७ वटै वडामा पुगेर जनताको मनोविज्ञान बुझेको छु,उनले भने, ‘यहाँका जनताले आफूलाई सहजरूपमा भेट्न सक्ने र विकास निर्माणको नेतृत्व गर्ने नेता खोजेका छन् ।’

प्रदेशसभाका उम्मेदवारहरू पनि अहिले एमालेका उम्मेदवार भन्दा निकै अगाडि भएको धारणा व्यक्त गरिन ।

शर्माले यस क्षेत्रको विकासका लागि आफूहरूले विगत देखि नेै काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

उनले महिलाले पनि देश चलाउन सक्छन् भन्ने कुराको सन्देश दिनुपर्ने धारणा व्यक्त गरिन ।

उनले यो निर्वाचनमा आम मतदाताले संविधान रक्षा र लोकतन्त्रको पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गरिन ।

‘अहिले केपी ओली, राजेन्द्र लिङ्गदेल, कमल थापाहरूको गठबन्धन पनि निर्माण भएको छ,’ शर्माले भन्नुभयो, ‘काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीको अगुवाइमा गणतन्त्र र संविधानको रक्षा गर्ने शक्तिहरूको गठबन्धन भएको छ ।’

समृद्ध र स्थायित्व आम जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गरिन ।

शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताइन । केपी ओली समूहको गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएको उनको भनाई छ ।

निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उनले ठोकुवा गरिन ।

शर्माले दाङको समृद्धिका लागि गठबन्धनसँग स्पष्ट योजना भएको समेत बताइन ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *