२०८१ साउन ६ गते आइतवार

दाङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताऔंः जोगिन्दर


दाङ ,कात्तिक २३ । कलाकारहरुले दाङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहलाई जिताउन आह्वान गरेका छन् ।

दाङमा गठबन्धनका उम्मेदवाहरुको चुनावी सभालाई सम्बोधन गर्दै ‘जोगिन्दर’को उपनामले परिचित शिवशंकर रिजालले केन्द्रीय राजनीतिमा प्रभाव राख्ने कांग्रेस नेता दीपक गिरीसहित गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी बनाउन आह्वान गरे ।

जोगिन्दरले झुठा आश्वास बाँडने, पूरा नहुने सपना देखाउने र जनता झुक्याउने प्रबृत्तिका विरुद्ध सबै एकजुट भएर गठबन्धन जिताउने अभियानमा लाग्नुपर्ने बताए ।

उनले विकासप्रेमी नेता गिरी र गठबन्धनका उम्मेदवारलाई जिताए मात्रै दाङको सुनौलो भविष्य कोरिने बताउँदै संविधान मास्ने र भ्रष्टाचार गरेर काण्डै काण्ड गर्ने कामको अगुवाई गर्ने तत्वहरुसंग देशभर डिभोर्स गर्नुपर्नेमा जोड दिए ।

गठबन्धनको चुनाव प्रसारप्रसारका लागि अन्य कलाकारहरुको टिमसहित दाङ आइपुगेका जोगिन्दरले विकास, समृद्धि, स्थिरता र सुशासनका लागि गठबन्धनका पक्षमा मत जाहेर गर्न अपिल गरे ।

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *