घाेराही, कात्तिक २२ । बंगलाचुली एमाले परित्याग गरि ४६ जना गठबन्धनमा प्रवेश गरेका छन् ।
बंगलाचुली गाँउपालिकाको लमिे, धाेते, घरिचाेर लगायत विभिन्न स्थानबाट एमाले पमर्टि परित्यमग गरि गठबन्धनमा प्रवेश गरेका हुन् ।
लापेबाट लाल बहादुर सारू र रोशन बुढाको नेतृत्वमा ४२ जना, धोतेबाट रिम बहादुर सारू सहित ३ जना र घरीचोरबाट प्रेम बहादुर अधिकारीलाई प्रतिनिधी सभा सदस्य पदका उमेद्वार रेखा शर्मा, प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनाल लगायत नेताहरूले पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्नेहरूले एमालेले जनताकाे हितमा काम गर्न नसकेकाे र ठुला ठुला आश्वासनमात्र बाढ्ने गरेकाले परित्याग गरेकाे बताएका थिए ।
प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
