दाङ, कात्तिक २२ । दाङ क्षेत्र नं २ ( १) का उम्मेदवार राजु खनाल जिल्लाका पडाही क्षेत्रका मतदाताहरुको समस्या वुझी रहेका छन् ।
बंगलाचुली गाउपालिकाको विभिन्न स्थानमा पुगेर उनले समस्याका वारेमा जानकारी लिइ रहेका छन् । मतदाता भेटन तथा समस्याहरुको वारेमा जानकारी लिन पुगेका खनाललाई ठाउ ठाउमा स्वागत समेत गरिएको थियो ।
खनालसंग स्थानियले आफनो स्थानमा रहेका समस्याका वारेमा जानकारी गराएका थिए । मतदाताको समस्याका वारेमा जानकारी लिए पछि उम्मेदवार खनालले आफु पहाडी क्षेत्रको समस्याका वारेमा विगत देखि नै जानकार रहेको बताए ।
यहाँको समस्या समाधानका लागि प्रयास समेत गरेको उनको भनाइ रहेको थियो । आफनो प्रयास वाट केही समस्या समाधान भएको र केही हुने चरणमा रहेको उनले बताए । आफु सधै जनताको साथमा रहेको बताए ।
‘म हिजो पनि साथमा थिए भोलि पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए ।
