२०८१ साउन ६ गते आइतवार

योजनाबद्ध सहरीकरणमार्फत् बस्ती विकास र समृद्धिका लागि काम गर्छुः गिरी


तकियापुर,कात्तिक २१ । सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीले योजनाबद्ध सहरीकरणले मात्रै नगरको सौन्दर्य झल्किने बताएका छन् ।

चुनावीसभालाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ तकियापुरमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सिंचाई मन्त्री गिरीले आफू निर्वाचित भए योजनाबाद्ध सहरीकरणमार्फत् बस्ती विकास र समृद्धिका लागि लागिपर्ने बताए ।

सडकको स्तरोन्नति र बाँकी रहेका खोलाहरुमा पुल निर्माण गर्ने काममा लाग्ने बताउँदै उनले विगतमा आफू सांसद र मन्त्री हुँदा गरेको विकास भन्दा डबल काम अब गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

“सही मान्छेलाई चुनेर सही ठाउँमा पुर्याउनुस्, विकासमा गति बढ्नेछ, उनले भने-“यो भन्दा अगाडि संविधानसभा सदस्य र नौ महिना मन्त्री हुँदा गरेको भन्दा डबल काम गरेर म देखाउँछु, पश्चिम दाङ बनाउन कुनै कसर बाँकी राख्नेछैन ।”

प्रदेशसभा क्षेत्र नम्बर ३(२) का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले गठबन्धनले जिते पश्चिम दाङको मुहार फेरिने बताए । उनले पुल नभएका खोलामा पुल र स्तरोन्नति नभएका बाटाघाटालाई विशेष जोड दिएर काम गर्ने बताए । उनले भने-“पश्चिम दाङलाई विकसित र समृद्ध बनाउन दीपक दाई र मैले जित्न जरुरी छ ।”

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *