२०८१ साउन ६ गते आइतवार

गरामा गिरी, छहरामा गिरी,गंगटेमा गिरी


तुलसीपुर, कात्तिक २० । विसं २०७० शालको संविधानसभा निर्वाचनमा चुनाव प्रचार प्रसार अभियानमा पश्चिम दाङका विभिन्न बस्तीहरुमा पुग्दा कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीको मन खिन्न हुन्थ्यो ।

उर्वर भुमिमा सिचाइको अभावले खेतीपाती नहुने चिन्ता किसानलाइ जत्ति थियो, गिरीलाइ पनि उत्तिकै ।

मत माग्नु अघि उम्मेदवार गिरी खेतको आलिमा उभिएर चिराचिरा परेका खेतका गरामा ध्यानमग्न हुन्थे । बर्षातको पानीले साथ नदिने र सिंचाइ सुविधाको अभावमा धान रोपिएका गराहरु फाटेर चिराचिरा परेका थिए ।

त्यहि वेला गिरीले अठोट गरेका थिए, सिचाएको कुनै उपयुक्त विकल्प खोज्ने छु । मतदातासंग पनि उनले धान खेतमा सिचाइ सेवा पु¥याउने वाचा गरेका थिए ।

संविधान सभाका सदस्य बनेका गिरी सांसदमा मात्रै सिमित रहेनन् । नौ महिनाको छोटो कार्यकालकालागी सिचाइ मन्त्री समेत बन्ने अवसर पाए । प्रधानमन्त्री पुष्प कमल दाहाल थिए ।

आफुले मतदातामाझ गरेको बाचा पुरा गर्ने सन्दर्भमा गिरी गम्भीर बने । विज्ञहरुको राय लिए अनि क्याविनेटमा प्रस्ताव लगे, दाङलाइ सुख्खा मरुभुमिकरणबाट जोगाउन र सिचाइको व्यवस्थापनकालागी बृहत दाङ सिचाइ आयोजना स्थापना । मन्त्री परीषदले आयोजनालाइ अनुमोदन गर्यो ।

विसं २०७३ शालमै सुरु भो बृहत दाङ सिचाइ आयोजना । सिचाइ विभागको माताहतमा रहेको परीयोजनाको केन्द्रिय कार्यालय तुलसीपुरमै खोलियो । धमाधम त्यसै बर्ष देखि सुरु भयो, सिचाइको काम ।

‘बाझा खेतले मेरो मन पोलेको थियो, त्यसैले छोटो समयमा मन्त्री हुंदा पनि यो काम गर्न सफल भएं’, गीरीले भने, अहिले ठाउठाउमा डिप वोरीङ र पक्कि सिचाइ कुला देख्दा मन खुसी हुन्छ ।’ आफु जे बोल्छन्, त्यो गर्छन गिरी ।

उनले परीयोजना कम्तिमा ३० बर्षकालागी सन्चालन गरीने बताए । आवस्यकता अनुसार म्याद थप हुन पनि सक्ने छ । त्यो वेलाका सिचाइ मन्त्री गिरीले बार्षिक एक अर्व रुपैया खर्च गर्ने गरी परीयोजना स्थापना गरेको बताए ।

बृहत दाङ सिचाइ आयोजनाबाट दाङ जिल्लामा ५३ हजार हेक्टर जमिनमा सिचाइ सेवा उपलव्ध हुने छ । परीयोजनाको कार्यक्षेत्र दाङ मात्र होइन, यसले सल्यान रुकुममा पनि काम गर्दै आएको छ ।

त्यसो त यो पटक पनि संघिय निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका केन्द्रिय सदस्य गिरी मत माग्दै पश्चिम दाङका गरा गरा, पाखा पखेरा पुरन्धारा झरना क्षेत्र तथा गंगटे सम्म पुगे ।

पुरन्धारा छहरामा गिरीले त्यहां भेटिएका पश्चिम दाङका मतदातालाइ पुरन्धारा छहरालाइ पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने बाचा गरेका छन् । त्यसैगरी पश्चिम दाङमा सुकौरा दरवार लगायतका क्षेत्रलाइ पनि धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकाश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

न्यस्तै गिरी मत माग्न शनीवार पश्चिम दाङको गंगटेमा पुगे । पश्चिम दाङको विकट क्षेत्र गंगटे पुगेका नेता गिरीले स्थानियमाझ भनेका छन् ।

अर्को पटक तपाइहरुलाइ भेट्न आउदा लालपुर्जा लिएर आउने छ, पक्कि सडक लिएर आउने छु, अनि विद्युतको उज्यालो लिएर आउने छ । जौवारी, भागोवारी, गंगटे, कप्ताने सवै क्षेत्रलाइ सडक सन्जालले जोडेर आउने छ ।

‘तपाइहरु बाके निकुन्जको मध्यवती क्षेत्रमा हुनुहुन्छ, जंगली जनावरले तपाइका वालीनाली मात्र होइन, खसी वाख्रालाइ पनि नोक्सानी पुराएका छन्, त्यसको व्यवस्थापनमा पनि मैले पहल गर्ने छु’, गंगटेका मतदातामाझ गिरीले भनेका थिए ।

सडक पुगेपनि वाह्रै महिना यातायात चल्न सक्दैन गंगटेमा । विद्युतको सेवा पुगेको बताइएपनि सवैका घरआगनमा विद्यूत सेवा पुग्न सकेको छैन । मोवाइल भएर पनि टावरको समस्याले पिडित छन् गंगटेवासी ।

गिरीले ती सवै समस्या समाधान आफुले गर्ने बताउंदै आफुलाइ मतदान गरी सांसद बनाउन स्थानियबासीलाइ आग्रह गर । साथै गंंगटेलाइ निकुन्जको मध्यवर्ति क्षेत्र हुंदै पुर्वपश्चिम राजमार्ग संग जोड्ने पनि उनको वाचा थियो । हो गंगटेको अर्को जल्दो वल्दो समस्या भनेका स्वास्थ्यको हो ।

त्यसकालागी स्तरीय स्वास्थ्य सेवा र चौविसै घण्टे प्रसुती सेवाकालागी पनि गिरीको प्रतिवद्धता थियो ।

पन्चायत कालदेखिनै राजनितिमा लागेर खारिएक ागिरी विसं २०३० शालमै पन्चायत विरुद्ध आवाज उठाउदा प्रहरी हिरासतमा परे । विसं २०३४ शालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बनेक ागिरी विसं २०३४ शालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति बने ।

विसं २०३६ शालमा नेविसंघको केन्द्रिय सदस्य बनेक ागिरी २०३९ शालमा नेपाल विद्यार्थि संघको राष्ट्रिय महाधिवेशन तयारी समितिको संयोजक बने ।

विसं २०४३ शालमा त्रिविवि स्व्वियु महासचिवमा निर्वाचित भएका गिरी विसं २०४७ शालमा दाङमा राप्ती ववइ क्याम्पस स्थापना गरी संस्थापक अध्यक्ष बने ।

निर्वाचन क्षेत्र नंवर ३ का गठवन्धनका साझा उम्मेदवार गिरी नेपाली कांग्रेसको वाह्रौ महाधिवेशन देखि निरन्तर केन्द्रिय सदस्यमा निर्वाचित हुंदै आएका छन् ।

सिचाइ मन्त्री हुदा गिरीले बृहत दाङ उपच्यका सिचाइ आयोजना मात्र होइन, रुपाताल संरक्षण आयोजना, समृद्ध तराइ मधेस सिचाइ आयोजनाको क्षेत्र विस्तार, अतिजोखिमयुक्त पहिरो नियन्त्रण आयोजना, राप्ती नदि र सप्तरीको खाडो नदि नियन्त्रणमा दात्रि निकायबाट सहयोग जुटाउन पनि तात्कालिन सिचाइ मन्त्री गिरीको योगदान रहेको कर्मचारीहरु ब्ताउंछन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *