२०८२ जेष्ठ ४ गते शुक्रवार

आचरसंहिता उल्लंघन गरेको भन्दै हुकुम बस्नेत विरुद्ध उजुरी

तुलसीपुर,कात्तिक २० । नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३(२)का उम्मेदवार हुकुम बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

उनले निर्वाचन आचरसंहिता विपरित कार्य गरेको भन्दै आबश्यक कारवाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

उनी गएको मंगलबार संघीय सांसदका उम्मेदवार कोमल वलीसंगै विद्यार्थीहरुसंग भोट माग्न गएको भन्दै निर्वाचन आचरसंहिता विपरित कार्य भएको निवेदकको ठहर छ ।

सोही अनुसार बस्नेतलाई आबश्यक कारवाहीको माग सहित उजुरी परेको हो ।

उनीहरुले बबई गाउँपालिका वडा नं.१ स्थित सरस्वति जनता माध्यामिक विद्यालयमा गएर विद्यार्थीहरुसंग भोट माग्नुकासाथै भिजिटिङ कार्ड समेत दिएका थिए ।

आचरसंहिता उल्लंघन गरेको भन्दै कोमल वलीलाई आयोगले स्पस्टीकरण सोधिसकेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *