घाेराही,कात्तिक १४ । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं.२ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्मा जनताकाे खेतबारीमा मै पुगेर सल्लाह सुझाव मागेकी छिन ।
निर्वाचन प्रचारप्रसारकाे क्रममा सल्लाह सुझाव लिन तथा किसानकाे बालीनालीकाे अवस्था बुझ्न शर्मा धान काट्ने तथा दाउने ठाउँमा पुगेकी हुन ।
घाेराही १७ पचुर्कामा पुगेर उनले किसानहरूकाे समस्याकाे बारेमा बुझेकि हुन । पूर्वमन्त्री खेतमै आएर जनतासँग छलफल तथा अन्तर्क्रिया गरेपछि किसानहरू समेत खुसी भएका छन् ।
“पूर्वमन्त्रीज्यूले हाम्रा समस्याहरूकाे बारेमा जानकारी लिनुभएकाे छ, हामीले हाम्रा सबै समस्याकाे बारेमा अवगत गराएका छाैं,” स्थानीय आइति चाैधरीले भनिन, “हामीलाई जनताकाे साथमा आउने यस्तै नेता चाहिएकाे हाे ।”
अर्का स्थानीय महेश चाैधरीले यश पटककाे निर्वाचनमा आफूहरूले रेखा शर्मा सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने बताए। उनले शर्मा निकै जनशैली भएकी र विकासप्रेमी नेता भएकाे तर्क गरे ।
पूर्व मन्त्री शर्माले मुलुकको आर्थिक विकासको आधार कृषि भएकाे बताए । कृषि उत्पादन बढाउन किसानलाई अनुदान, विमा, कृषि उपकरण उपलब्ध र बजारीकरणकाे जिम्मा राज्यले ल्याउनुपर्ने आवश्यकता ओैंल्याए ।
