२०८२ मङ्सिर २७ गते शनिवार

पश्चिम दाङकाे विकासका लागि गठवन्धन आवश्यक


देविराम कुसारी,तुलसीपुर,कात्तिक ३ ।पश्चिम दाङकाे समग्र विकासकाे लागि पाँच दलिय गठवन्धन आवश्यक भएकाे गवन्धनका उमेदवारले दावि गरेका छन् ।

पश्चिम दाङकाे बैंसामा भएकाे चुनावि सभालाई सम्वाेधन गर्दै गठवन्धनका प्रतिनिधि सभा सदस्यका उमेदवार दिपक गिरीले पश्चिम दाङकाे विकासका लागि आफुले विगतमा गरेका विकास निर्माण काम र अरुले गरेकाे कामलाई तुलना गर्न आग्रह गरेका छन ।

सभालाई सम्वाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले पश्चिम दाङकाे विकासमा काँग्रेस र माओवादी केन्द्र नै अग्र पंतिमा रहेकाे दावी गरे ।

सभालाई सम्वाेधन गर्दै प्रदेश सभा सदस्य उमेदवार धनबहादुर मास्किले आफुहरु पश्चिमवासी भएका कारण पनि आफुहरुलाई पश्चिम दाङकाे बढी माया हुने र विकासमा हाेमिने प्रतिवद्धता व्यक्त गरे।

नेपाली काँग्रेस शान्तिनगर ५ का उपसभापती हेमबहादुर वस्नेतकाे अध्यक्षतामा भएकाे सभालाई सम्वाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य गेहन्द्र गिरी, निर्वाचन कमिटिका अध्यक्ष कुबेर वली, समाजवादी पार्टिका केन्द्रिय सदस्य अनारकली मियाँले गठवन्धन समयकाे माग भएकाे हुदा गठवन्धनका उमेदावरलाई जिताउन आवश्यक भएकाे वताएका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *