२०८२ मङ्सिर १९ गते शुक्रवार

‘जनताले इमान्दार प्रतिनिधि चुन्ने दिन आउँदैछ’


दाङ, असोज ३० । सत्ता गठबन्धनका उम्मेदवारहरुले जनताले इमान्दार र विकासप्रेमी प्रतिनिधिहरु चुन्ने दिन आउन थालेका बताएका छन् ।

चुनाव प्रचार–प्रसारका क्रममा आइतवार जिल्लाका विभिन्न ठाउँमा भएका चुनावी कार्यक्रमहरुलाई सम्वोधन गर्दै उम्मेदवारहरुले जित्नका लागि मिठो बोल्ने र आश्वासन बाड्नेभन्दा काम गरेर देखाउने उम्मेदवारहरुलाई निर्वाचनमा मत दिन आग्रह गरेका हुन ।

सत्तारुढ दलहरुको बाम–लोकतान्त्रिक गठबन्धनको क्षेत्र नं. २(१)को सचिवालय तथा घोराही उपमहानगरपालिका वडा नंं १५ को सम्पर्क कार्यालय प्रतिनिधिसभा उम्मेदवार रेखा शर्मा र प्रदेश सभा २(१)का उम्मेदवार राजु खनालले सयुक्त रुपमा उद्घाटन गर्दै उम्मेदवारहरुले निर्वाचनमा मतदान गर्दा जनतालाई सचेत हुन अनुरोध गरेका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार शर्माले उपलव्धीहरुको रक्षासँगै देश समृद्धिका लागि गठबन्धन बनेको भन्दै निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी थिइन । उनले अहिलेको गठबन्धन निर्वाचन जित्नका लागि मात्रै नभएर संविधानको कार्यान्वन, उपलव्धी रक्षा र देशको विकासका लागि भएको बताइन ।

‘गठबन्धन निर्वाचन जित्नका लागि मात्रै होइन । प्राप्त उपलव्धी रक्षा गर्दै देशको समृद्धिका लागि दलहरुको सहकार्य हो’,प्रमुख अतिथि शर्माले भनिन्,‘गठबन्धनको आवश्यकतालाई बुझेर जनताले मतदान गर्नुहोस ।’

उनले अहिलेको निर्वाचन उपलब्धिको रक्षा गर्ने र नगर्नेबिचको लडाइँ भएकाले परिवर्तनका पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने समेत बताइन ।

त्यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्र नं. २ (१) प्रदेशसभा उम्मेदवार राजु खनालले आफ्नो क्षेत्रको विकासका लागि योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

उनले दाङको विकासका लागि कांग्रेसको आवश्यकता रहेको भन्दै आउने निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन समेत आग्रह गरेका थिए । साथै उनले निर्वाचनका क्रममा आश्वासन बाड्नेलाई भन्दा जनतालाई अप्ठेरो परेको समयमो सहयोग गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

घोराही उपमहानगरपालिका वडा नं. १० को ठाटीगाउँमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्र नं. २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले संकटमा परेको व्यवस्थाको रक्षासँगै नागरिकको हकअधिकारको ग्यारेण्टी गर्ने गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

उनले चुनाव जित्नका लागि मात्रै नभएर आफु दाङको विकास गर्नका लागि निर्वाचन लड्न थालेको भन्दै निर्वाचनमा बिजयी गराए जनतालाई पछुताउने दिन आउन नदिने जनतासँग प्रतिवद्धता गरेका थिए ।

त्यसका लागि जनताले मंसिर ४ गते आउने निर्वाचनमा योग्य, सक्षम र विकासका लागि कुरा मात्रै नभएर पहल गर्न सक्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *