२०८२ मङ्सिर १९ गते शुक्रवार

घोराहीमा संयुक्त प्रचार–प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन

दाङ,असोज ३०। प्रतिनिधीसभा सदस्य दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले संबिधानको रक्षा गर्ने दलहरु बिच सहकार्य भएको बताएकी छिन ।

संयुक्त प्रचार प्रसार समितिको घोराहीमा सम्पर्क कार्यालय उद्घाटन गर्दै शर्माले यस्तो बताएकी हुन ।

कार्यालयको प्रतिनिधी सभा सदस्यका उम्मेदवार रेखा शर्मा र २ (क) राजु खनालले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

त्यस अबसरमा बोल्दै पुर्वमन्त्री शर्माले यो चुनाव सामान्य नभएको बताउदै यसपालिको चुनाव अग्रगमन र प्रतिगमन विरुद्धको लडाइँ भएको धारणा राखिन ।

आफु महिला उम्मेदवार समेत भएको बताउदै पिछडिएका बर्ग समुदायको अधिकार कार्यान्वयनका लागि भुमिका खेल्ने प्रतिबद्धता जनाइन ।

त्यस्तै दाङ २ (क) का उम्मेदवार राजु खनालले नागरिकको अधिकार संरक्षण गर्न सत्ता साझेदार दलहरु बिच गठबन्धन भएको औल्याए ।

उनले बिगतमा आफुहरु जनता माझ परिक्षण भएको उल्लेख गर्दै मंसिर ४ मा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरे ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *