प्रमोद आचार्य,दंगीशरण असोज २९ । राष्ट्रिय सभा सदस्य तथा नेकपा माओबादि केन्द्रका पोलिट ब्युरो सदस्य जग प्रसाद शर्मा अपारले संविधानको स्थायीत्व ,स्थिरता ,र समृद्धिका लागी अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन ।
नेपाली कांग्रेस प्रदेश ३ (ख) को गठबन्धनको संयुक्त निर्बाचन सम्बन्धि रणनीतिक कार्यक्रम तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा शर्माले यस्तो बताएका हुन ।
प्रतिगमनका विरुद्ध पार्टीले निर्णय गरेको कुरामा सबै गठबन्धन दलका नेता कार्यकर्ता इमान्दारीका साथ लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा प्रदेश ३ (ख) का प्रदेश सभा सदस्यका उम्मेद्वार राजेश मास्केले काङ्ग्रेस जस्तो ठुलो र पुरानो अनुभवि पार्टीसगं साझा उम्मेद्बार हुन पाउदा खुसी व्यक्त गरे ।
उनले पश्चिम दाङको समग्र विकासका लागि आफु चिन्तित रहेको र त्यहाँका जनताले आफुलाइ जिताउनेमा आफु बिस्वस्त रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीले एमालेका उम्मेद्वार नाता सम्बन्ध पहिलाउदै भोट मागेको बताए । बिकास र समृद्धिका लागि कुनै भिजन र लक्ष्य नभएर जनतालाइ झुक्याउने खेल मात्र गरेको उनले आरोप लगाए ।
त्यस अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी,शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत ,नेकपा एकीकृत समाजबादिका जिल्ला उपाध्यक्ष चुर्ण बहादुर वलि ,लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चुनावी कार्यक्रमको तालिका पनि सार्बजनिक गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ (ख) का सचिब भद्रबहादुर खड्काले गरेका थिए ।
