२०८१ साउन ९ गते बुधवार

तुलसीपुरको हेमन्तापुरमा गठबन्धनको सचिवालय उद्घाटन


घोराही, असोज २८ । बामगठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (ख) को सम्पर्क कार्यालय हेमन्तापुर स्थापना गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १८ हेमन्तापुर चोकमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन दाङ क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेखा शर्मा र २ (ख) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरूपमा गरेका हुन ।

सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोनधन गर्दै नेकपा माओबादी केन्द्रकी नेतृ तथा प्रतिनिभिसभा सदस्य पदकी उम्मेदवार शर्माले गठबन्धनको पक्षमा मतदान गरि परिवर्तन विरोधि शक्तिलाई परास्त गर्न मतदातालाई आग्रह गरेकी छन् ।

‘लोकतन्त्र मास्नेका बिरुद्ध दलहरु बीच गठबन्धन भएको हो,’ उनले भनिन् ‘संविधान र संविधानले दिएका उपलब्धि मन नपराउने मान्छेले देशलाई पछाडि पार्ने काम शंकर पोखरेल र उनको पार्टीले गर्दै आएको छ ।’

कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दैै नेपाली काँग्रेसका नेता तथा दाङ २ (ख) का उम्मेदवार न्यौपानेले लामो संघर्षपछि प्राप्त उपलब्धिको जगेर्र्ना गर्न, संविधानको रक्षा गर्न र मुलुकमा अमन चैन स्थापना गर्न गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

उनले तुलसीपुर – घोराही सडक खण्ड बिगतमा मुख्य मन्त्री रहँदा एमाले महासचिव शंकर पोखरेलकै कारण अलपत्र परेको दोषारोपन गरे ।

‘एमाले महासचिव पोखरेलले बिगतमा आफन्त ईष्टमित्रलाई ठेक्का दिने नाममा सडक अलपत्र पारेको हो,’ उनले भने ‘ त्यसमा बिरुद्ध सबै मतदाता एक ठाउमा उभिन जरुरी छ ।’

सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देबकोटाले संविधान र लोकतन्त्रका लागि गठबन्धन अनिवार्य आबश्यकता रहेको बताएकी थिइन ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *