२०८२ मङ्सिर २२ गते सोमवार

प्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापारीक महोत्सवको लागि स्टल बुकिङ खुला

तुलसीपुर,असोज २५। दाङको तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापारीक महोत्सव २०७९ सञ्चालन हुन लागेको छ ।

युथ्स अफ तुलसीपुरको अयोजनामा हुन लागेको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको छ । साथै महोत्सवको लागि स्टल बुकिङ खुला गरिएको महोत्सव मुल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

समितिले स्टलको प्रकृति र स्टलभाडा सहित स्टलको बुकिङ खुला गरेको छ । स्टलभित्र पानीपुरी, आईसक्रिम, चटपट बिक्रि वितरण गर्न भने नपाईने महोत्सव मुल व्यवस्थापन समितिले बताएको छ ।व्यवस्थापन समितिका अनुसार १३ प्रकारका स्टलहरु रहनेछन् ।

अटो मोवाइल,स्टेशनरी, तरकारी मह, अण्डा, स्थानीय उत्पादन, स्थानीय उद्योग तथा प्रतिष्ठान, साना तथा स्थानीय हस्तकला, फेन्सी, बैँक तथा वित्तीय संघसंस्था लगायतका स्टलहरु रहने स्टल संयोजक सन्तोष लामिछानेले जानकारी दिए ।

स्टल बुकिङका लागि व्यवसाय दर्ता प्रमाणपत्र, प्रति स्टल २ प्रतिनिधिको फोटो रु तीनसय ५० रुपैयाँ दर्ता शुल्क भुक्तानी गर्नुपर्ने छ ।

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघ संस्था तथा चेम्वर अफ कर्मशमा आवद्ध व्यापार व्यवसायहरुलाई स्टलमा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको मुल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *