दाङ, कार्तिक २७ ।
कैलालीमा बिहीबार बेलुकी मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किदा घाइते भएकी स्कुटी चालकको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार श्रीमान, श्रीमति र उनकी छोरीसहित स्कुटीमा सवार अन्य दुई जना घाइते छन् ।
घाइते मध्य स्कुटी चालक धनगढी उपमहानगरपालिका – ५ तारानगरकी ३५ बर्षीया सुशिला बमको माया मेट्रो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान साढे २ बजेतिर मृत्यु भएको हो ।
जिल्लाका प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घाइतेलाई निसर्ग अस्पताल धनगढी पठाइएको थियो । त्यही उपचारका क्रममा स्कुटी चालक बमको मृत्यु भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक चालक प्रबिन चौधरीको अवस्था मध्यम छ । उनको टाउको, हात र खुट्टामा चोट छ । सोही मोटरसाइकलको पछाडि सवार उनको श्रीमती २२ बर्षीया अञ्जली चौधरीको पनि अवस्था मध्यम छ । उनको पनि टाउको, हात र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।
उनीहरुकी छोरी ७ बर्षीया ममता चौधरीको हात, खुट्टामा चोट रहेपनि अवस्था सामान्ने रहेको डिएसपी तिमिल्सिनाले बताए ।
त्यस्तै मृतक बमले चलाएको स्कुटी पछाडी सवार धनगढी – ५ तारानगरकी २२ बर्षीया बबिता मल्ल र पछाडी सवार सोही ठाउँका २४ बर्षीय सरोज मल्लको हात र खुट्टामा चोट रहेपनि अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ ।
धनगढीबाट फूलबारी तर्फ जादै गरेको धनगडी – १४ का २६ बर्षीय प्रबिन चौधरीले चलाएको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र र बिपरित दिशाबाट आउदै गरेको मृतक बमले चलाएको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटी बिहीबार बेलुकी ७ बजेतिर धनगढी – १५ ज्योती आयल स्टोर नजिक एक आपसमा ठोक्किएका थिए ।
दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
