२०८१ असार ३० गते शनिवार

महराले भने– दाङ २ मा रेखा शर्मालाई जिताउनुस्, म समाजसेवामा लाग्छु

दाङ,असोज २५ । पूर्व सभामुख कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् ।

उनले अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मालाई जिताउन आह्वानसमेत गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।

यसअघि दाङ २ बाट महरा प्रत्यक्षतर्फ सिफारिस भए पनि माओवादीले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर महराले आफू समानुपातिक उम्मेदवार पनि नबन्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

महराले एक विज्ञप्ति प्रकाशित गरी आफू अब समाजसेवा र पार्टीको काममा सक्रिय भएर लाग्ने बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि मैले राजकीय भूमिकामा रहँदा वा बाहिर रहँदा पनि सदैव नजिक रहेक काम गरेको छु, संसदीय भूमिका नरहँदा पनि त्यसमा कुनै कमी हुन दिने छैन । समाजसेवा र पार्टीको काममा मेरो सक्रियता झनै बढ्ने छ । संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ ऊर्जाशील कमरेडहरु अगाडि आउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

महराले भनेका छन्, ‘साथै २०७४ सालमा म निर्वाचित भएको प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजजयी गराउनु हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।’

महरा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट र शान्ति प्रक्रियापछि २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद २०६४ र २०७० को संविधानसभा सदस्य एवम् २०७४ मा चुनिएका थिए ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *