दाङ, असोज २४ । लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वमा दलहरुले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालकै कान्छो यो जिल्लामा एक मात्रै संघीय निर्वाचन क्षेत्र छ । यहाँ गठबन्धनबाट नेकपा माओबादी माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा तर्फ १ मा माओवादीका तेजबहादुर ओली र २ मा नेपाली काँग्रेसका धनबहादुर केसीको उम्मेदवारी परेको छ ।
त्यस्तै छिमेकी जिल्ला रोल्पामा पनि एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको छ । जहाँ पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्र नेता बर्षमान पुनले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
यहाँ प्रदेश सभा १ मा माओवादी केन्द्रका जोखबहादुर महरा र २ मा नेपाली काँग्रेसका अमरसिङ पुनको उम्मेदवारी दर्ता भएको छ । पुन नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति हुन ।
आफ्नो बलियो पटक भएको मानिने रोल्पा र रुकुममा माओबादीले गठबन्धन भित्रका अरु दललाई प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।
