तुलसीपुर, असोज २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं. २ बाट आइतबार प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवार दर्तापछि उनले एमालेलाई मुलुककै बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताए । मुलुक दुई राजनीतिक धुर्बमा धुब्रिकृत भएको भन्दै एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गर्न आँफुले उम्मेदवारी दिएको बताएका हुन ।
त्यस्तै उनले लुम्बिनी प्रदेशमा आँफुले गरेका राम्रा कामहरुलाई राष्ट्रिय रुपमा स्थापित गर्ने बताएका थिए ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
