तुलसीपुर, असोज २३ । तीन क्षेत्र रहेको दाङमा सबै प्रमुख दलले उम्मेद्वारी दर्ता गराएका छन् । दाङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभातर्फ ३ (क) मा लुम्बिनी प्रदेशका सहरी विकास, ग्रामिण तथा पर्यटन मन्त्री तथा काँग्रेस नेता डिल्लीबहादुर चौधरीले उम्मेदवारी दर्ता गनराउनु भयो भने ३ (ख) मा माओवादीका धनबहादुर मास्के (राजेश) उम्मेदवार दर्ता गराएका छन् ।
यहाँ नेकपा एमालेले क्षेत्र नम्बर ३ मा कोमल वलीले उम्मेदवारी दर्ता गराइन ।
प्रदेश सभातर्फ एमालेले ३ (क) घनश्याम पाण्डे र ३ (ख) मा हुकुमबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले उम्मेदवारी दिएकी छन् ।
यहाँ क्षेत्र नं. २ (क) काँग्रेस नेता राजु खनाल र २ (ख) मा पनि काँग्रेसकै प्रचण्ड बिक्रम न्यौंपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ २ (क) मा एमालेका बलिभद्र राना, २ (ख) मा गिरिराज केसी उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभाको १ (क) मा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले र क्षेत्र नं. १ को (ख) मा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा अनुरागले खड्काले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेले शान्ता चौधरीलाई दाङ १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी छन ।

यहाँ प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसीले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ ।
यी बाहेक राप्रपा लगाएत अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी पनि परेको छ ।

