२०८२ मङ्सिर २३ गते मङ्गलवार

मलाई बिजयी बनाए दाङमा राम्रो अस्पताल र एयरपोर्ट बनाउन भूमिका खेल्छु – काँग्रेस नेता दीपक गिरी

तस्विर ः फरककोण ।

तुलसीपुर, असोज २३ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि आइतबार दाङको क्षेत्र नं. ३ मा बिभिन्न दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् ।


मनोनयन दर्तापछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आँफुलाई मतदाताले बिजयी बनाए बिगतमा नौं महिने मन्त्री हुँदा आँफुले गरेका बिकास निर्माणका कामलाई निरन्तरता दिने बताए ।

अहिले पनि एसियाकै ठूलो उपत्यका जिल्लामा गतिलो एउटा अस्पताल नभएको हुँदा बिरामी हुँदा तथा घटना दुर्घटना हुँदा घाइतेलाई बाँके वा बुटवल लैजानु पर्ने बाध्यताको अन्त्य गर्ने गरि बिकास गर्ने उनले बताए ।

त्यस्तै उनले जिल्लामा एउटा ठूलो बिमान संचालन हुन सक्ने एयरपोर्ट निर्माण गरि सुबिधा जनक बिमान बाँके वा भैरहवा जानुपर्ने बाध्यता अन्त्य गर्ने वाचा गरे । उनले राष्ट्रिय एकता मजबुत बनाउन, बेरोजगारी अन्त्य गर्न आफ्नो उम्मेदवारी भएको उनले बताए ।


तीन निर्वाचन क्षेत्र रहेको दाङ अन्तरगत क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका नेता गिरी जिल्लामा गठबन्धनबाट काँँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका एक्ला उम्मेदवार हुन ।


काँग्रेसबाटै प्रदेश तर्फ ३ (क) मा उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरी आँफुले जिल्लामा धेरै बिकास निर्माणको काम गरेको भन्दै बाँकी अधुरा बिकास निर्माणका कामहरु पुरा गर्न आँफुले उम्मेदवारी दिएको तर्क गरे ।

आधुनिक शिक्षा, स्तरिय स्वास्थ्य सेवा, बेरोजगारी अन्त्य र बिकासका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए । ‘ मैले अरुले जस्तै तुलसीपुरबासीलाई ऋण थोपर्ने छैन,’ उनले भने ‘ बरु जहिलै जिल्ला बासीको शिर ठाडो पार्ने गरि काम गर्ने छु ।’


नेकपा माओबादी केन्द्रबाट प्रदेश तर्फ ३ (ख) मा उम्मेदवारी दिएका धनबहादुर मास्केले पश्चिम दाङको समग्र बिकासका लागि आफ्नो उम्मेदवारी भएको तर्क गरे ।

त्यस्तै उनले देशमा उत्पन्न शंकट मोचनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे । प्रतिगमणलाई परास्त गरि देशलाई निकास र विकास गर्न आफ्नो उम्मेदवारी भएको उनले बताए ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *