२०७९ मङ्सिर १६ गते शुक्रवार

भौतिक पूर्वाधार विकास मेरो उदेश्य – एमाले नेतृ कोमल वली

तुलसीपुर, असोज २३ । मनोनयन दर्तापछि एमालेबाट निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार कोमल वलीले आँफुले जिते भौतिक पूर्वाधार निर्माण र विकासमा जोड दिने बताइन ।

आँफुले जीवनको लामो समय कला क्षेत्रमा बिताएको हुँदा सबैले माया गर्ने र त्यही आधारमा बिजय हासिल गर्ने उनको दाबी थियो ।

‘ म दाङकै चेली छोरी हुँ र मेरो कला क्षेत्रको लामो योगदान मात्रै हैन,’ उनले भनिन् ‘ राष्ट्रिय सभामा छँदा आँफुले खेलेको भूमिकाका आधारमा पनि सबैले मलाई मतदान गरि बिजयी गराउने आशा गरेकी छु ।’

एमालेबाट प्रदेश सभा तर्फका ३ (क) का उम्मेदवार घनश्याम पाण्डेले आँफु पार्टीबाट लुम्बिनी प्रदेको मुख्य मन्त्रीको रुपमा उम्मेदवार बनेको र जितेपछि संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले थालनी गरेका कामहरुलाई पूर्णता दिने बताए ।

त्यस्तै एमालेबाट ३(ख) मा उम्मेदवारी दिएका हुकुमबहादुर बस्नेतले एमालेकै पहलमा दाङमा प्रदेशको राजधानी आएको र अहिले आएर त्यो भूमिकालाई ओझेलमा पार्ने काम भएको हुँदा त्यसलाई अगाडि बढाउन भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.