दाङ, असोज १२ । सल्यानको कपुरकोटमा मध्यराति भएको जीप दुर्घटनामा परि मृत्यु भएका आठ जनाको सनाखद भमएको छ ।
मृतक सबै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ जिनवाँङका स्थानीय हुन ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सञ्तोष खनालका अनुसार दुर्घटनामा परि कपुरकोट – ६ का ४५ बर्षीय टोपबहादुर वली, उनका ११ बर्षीय छोरा वशन्त वली, ४० बर्षीय ललित वली, ४५ बर्षीया कुमारी वली, ४५ बर्षीय धर्म वली, २७ बर्षीय सुरेश केसी र चालक २२ बर्षीय जीतबहादुर बोहरा र ७० बर्षीय खुमलाल वलीको मृत्यु भएको छ ।
उक्त जीपमा सवार ९ जना मध्य ३५ बर्षीय तिलक वली घाइते छन् । उनलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुधबार बिहान साढे ६ बजेतिर बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ ।
घाइते वलीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने फरककोणलाई जानकारी दिए ।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले चालकको समेत मृत्यु भइसकेको हुँदा दुर्घटना के कारणले भयो भन्ने एकीनका साथ भन्न कठिन रहेको बताए ।
बाँकेको ढकेरीमा आफन्तको निम्तोमा बिहेमा गएर फर्किने क्रममा उनीहरु दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
कपुरकोट – ६ का वडाध्यक्ष श्यामकृष्ण बोहराले आफन्तको छोरीको बिहेमा सहभागि भइ फर्किने क्रममा आफ्नै घर नजिकै आइपुग्दा भयानक दुर्घटनमा परि आठ जनाको मृत्यु हुँदा गाउँ शोकमा डुबेको बताए ।
उनले एकै घर परिवार भित्रका चार ÷ पाँच जना मानिसको मृत्यु हुँदा दशैंको उल्लाश आँशुमा परिणत भएको जानकारी दिए ।
एकै घर परिवार भित्रका बाबु – छोरा, काका र ठूला बुवाको मृत्यु भएको उनले जानकारी दिए ।
दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजेतिर रा १ ज ५६३ नम्बरको डबल क्याप जीप इन्ट्रिगरि सल्यान तर्फ लागेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ्चार शाखामा कार्यरत सञ्तोष बुढाथोकीले जानकारी दिएका थिए ।
दाङ – सल्यान राप्ती राजमार्गको सल्यान कपुरकोट – ३ को मुलपानी पुग्न गाडीलाई त्यही एक डेढ घन्टा समय लाग्ने दुरीमा पर्छ । मुलपानीस्थित वनस्पति उद्यान नजिकैबाट गाडी तल खसेको छ ।
मध्यरातिमा जीप दुर्घटनामा पर्नु र सो बारे प्रहरी प्रशासन कसैले समयमै जानकारी नपाउँदा समयमै उद्धार तथा उपचारका लागि अस्पताल पु¥याउन नसक्दा मृतकको संख्या बढेको स्थानीयले बताएका छन् ।
दुर्घटना साढे १ बजेतिर भएपनि स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी करिब ३ बजेतिर मात्रै घटनास्थल पुगेको स्थानीयले बताए ।
मृतक सबैको शब पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल खलंगामा लगिएको छ ।